EVENTS & PUBLICATION OF

OUR ORGANIZATION

Press Meet | पत्रकार सम्मेलन

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ हुने भएको छ । आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १७, १८ र १९ गते महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, थारु, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् ।

कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरुङ निर्देशित ‘ङोल्स्यो रामरानी’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र अशोक आले म

 

गर निर्देशित ‘दिलसरा’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
त्यस्तै लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित ‘तङसिङ’, हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘बेटी जाइछै सौसरा’ बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ तथा विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन् भने वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पुजा’ र अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचिन राजवंशी’ प्रदर्शन गरिने जनाइएको छ ।

महोत्सव निर्देशक सागर केरुङका अनुसार महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने छ ।

बिभिन्न पत्र पत्रिकाहरुमा समावेश :

INDIGENOUS VOICE

Akhabar Today

Annapurna Post

Seto pati

Ratopati English

Rato Chandra Surya

Reporters Nepal

Samabeshi Sanchar

Himal Press

Nepali Samachar

Gorkha Patra

Other Blogs

Foundation Day
Press Conference